धनगढी, १० असार/७६ जना यात्रु लिएर काठमाण्डौंबाट धनगढीका लागि उडेको श्री एयरको जहाज उडेको २८ मिनेट पछि फर्केर काठमाण्डौं बिमानस्थलमा अवतरण गरेको छ ।
उडेको केही मिनेटमा प्राबिधिक समस्या उत्पन्न भएपछि जहाज फिर्ता भएको बताईएको छ । बिहान ७ बजेर ५१ मिनेटमा काठमाण्डौंबाट उडेको श्री एयरको जहाज आधा आकाशबाट फर्केर ८ बजेर १९ मिनेटमा काठमाण्डौं बिमानस्थलमा अवतरण गरेको थियो ।
श्री एयरको अर्को जहाज बिहान ८ बजेर ५४ मिनेटमा धनगढीका लागि उडेको छ । बिहान ९ बजे धनगढीबाट काठमाण्डौंका लागि उड्नु पर्ने जहाज अव १० बजेर २० मिनेटमा उड्ने बताईएको छ ।