• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पुनर्वास नगरपालिकाको १३ औं नगर सभा सम्पन्न

किशोर तामाङ
पुनर्वास , ८ असार
/कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाको तेर्हौ नगर सभा शुक्रबार सम्पन्न भएको छ ।हिजो शुक्रबार सम्पन्न पुनर्वासको तेर्हौ नगर सभाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट पारित गरिएको छ।

नगरप्रमुख तोय प्रसाद शर्माको सभापतित्वमा सञ्चालन गरिएको पुनर्वास नगरपालिकाको नगर सभा एवम् १३ औ अधिवेसनमा नगर उपप्रमुख भुलिया कुमारी रानाले नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन ।उप प्रमुख भुलिया कुमारी रानाले प्रस्तुत गरेको पुनर्वास नगरपालिकाको आगामी आर्थिक बर्ष ०८० र०८१ मा ७७ करोड, ८१ लाख, ६४ हजार बराबरको बजेट ल्याइएको छ ।

नगरपालिकाले बजेटको स्रोत अनतर्गत आन्तरिक श्रोत ३ करोड ८५ लाख ,संघिय सरकार बित्तिय समानिकरणबाट १४ करोड ७७लाख,प्रदेश सरकार बित्तिय समानिकरण १ करोड ३१ लाख ३३स् हजार,नेपाल सरकार ससर्त अनुदान चालु २४ करोड ३७लाख,नेपाल सरकार ससर्त अनुदान पुजिगत २ करोड ४९लाख,राजश्व बाडफाड ९संघ० १२ करोड ३२ लाख ३१ हजार ,संघिय सरकार बिशेष अनुदान २ करोड ,संघिय सरकार समपुरक अनुदान १ करोड २० लाख , प्रदेश सरकार समपुरक २ करोड ५ लाख ३४ हजार ,प्रदेश सरकार बिशेष ४०लाख,सवारी साधन कर बाँडफाँड ९प्रदेश०१ करोड ७ लाख १६ हजार ,स्थानिय राजश्व बाडफाड १करोड ३० लाख,अनुमानीत अल्या भएर आउने रकम १०करोड ५०लाख ,प्रदेश ससर्त चालु ५लाख ५० हजार ,प्रदेश ससर्त पुँजीगत १२लाख प्राप्त हुने अनुमान गरिएको छ ।

उपप्रमुख का अनुसार निति कार्यक्रम तथा बजेटसंगै नगरपालिकाले आर्थिक विधेयक र आर्थिक विनियोजन विधेयक समेत संशोधन प्रस्ताव सहित पारित गरेको छ । आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा पुनर्वास नगरपालिकाले आर्थिक विकास, पर्यटन प्रवर्द्धन क्षेत्रको विकास , सामाजिक विकास, विद्युतिय समस्याको समाधान, वन, वातावरण तथा सरसफाई, सुुशासन प्रवर्द्धन, प्राकृतिक तथा मानविय विपद ब्यवस्थापन आदिलाई प्राथमिकतामा राखेका छन ।

आर्थिक वर्ष ०८०र०८१ को निति,कार्यक्रम तथा बजेटमा पुनर्वास नगरपालिकाले शिक्षा,स्वास्थ्य र कृषिलाई बढि प्राथमिकता दिइएको छ । यसैगरी भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अब्यवस्थित बसोवासी लालपुर्जा वितरणका लागि आवश्यक पर्ने वजेट विनियोजनका साथै सम्पुर्ण कानुनि प्रक्रिया पुरा गर्ने निति अवलम्बन गरि जग्गाधनी लालपुर्जा बितरण कार्यलाई तिब्रता दिइने जस्ता कार्यक्रम समावेश गरिएको छ ।

यसैगरी नीति तथा कार्यक्रममा पुराना र अधुरो योजनालाई प्राथमिकतामा राखी केही नयाँ कार्यक्रम लाई अगाडि सारेका छन।निति तथा कार्यक्रममा एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यलाई अगाडी बढाउन पुनर्वास नगरपालिकामा ढल निकासको कार्यलाई आवश्यक सहकार्य र समन्वय गरिने, फोहोर प्रशोधन केन्द्र र फोहोर कम्पोष्ट केन्द्र सञ्चालनमा ल्याइने, लगाएत विपद व्यवस्थापन,सिचाई व्यवस्थापन,स्वच्छ खानेपानी तथा सरसफाई,सडक,पुल तथा यातायात,भूमी व्यवस्थापन,सूचना प्रविधि तथा सञ्चार अन्तर्गतका निति समेत कार्यक्रममा समावेश गरिएका छन ।

त्यस्तै प्रत्येक वडालाई न्युनतम् ४० लाखदेखि अधिकतम् ५६ लाख ५० हजारसम्म रकम विनियोजन गरिएको उनले जानकारी दिए । नगर सभाले शुक्रबार नै उक्त नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरेको पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले जानकारी दिए। यस्तै नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने चार जनालाई सम्मान गरेको छ ।

सुरक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्ल, स्वास्थ्य क्षेत्रको सुधारका लागि रेबिज र सर्पदश उपचारको व्यवस्थाका लागि आर्थिक सहयोग गरी योगदान पुर्‍याउने डा।तारानाथ ढकाल, सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने पुनर्वासका पास्टर खडक सिंह तामाङ र शिक्षा क्षेत्र सुधारमा योगदान पुर्‍याउने सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेललाई सम्मानित गरेको हो ।

शुक्रबार, असार ०८, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.