धनगढी, ४ असार/कैलालीको एक फर्चिचर उद्योगबाट अवैध काठ बरामद गरिएको छ।जिल्लाको कैलारी गाउँपालिका–२ उजेरिसिमराका ५४ बर्षीय राम कुमार चौधरीले सञ्चालन गरेको रामबिर फर्निचर उद्योगबाट अवैध काठ बरामद गरिएको हो। उद्योगको बाहिरपट्टी वरिपरी विभिन्न स्थानमा अवैध सालको काठ लुकाई छिपाई राखेको अवस्थामा सोमबार इलाका प्रहरी कार्यालय हसुलियाले बरामद गरेको जनाएको छ।
प्रहरीले उक्त उद्योगबाट सालको विभिन्न साईजका ७ वटा गोलिया, सालको विभिन्न साईजका १८ वटा सिलापट गरी १०६.५१ क्युफिट काठ बरामद गरेको छ। १ लाख ७० हजार ४१६ मुल्य बराबरको उक्त अबैध काठ र संचालक चौधरीलाई नियन्त्रणमा लिएर आवस्यक कार्वाहीको लागी सबडिबिजन वन कार्यालय उदासिपुरमा बुझाईएको प्रहरीले जनाएको छ।