टेकबहादुर सोडारी
टीकापुर, २८ जेठ/कैलालीको खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा प्रयोगशाला सहित क्वारेन्टाइनको माग गर्दै टीकापुर उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएका छन् ।
‘विगतका वर्षदेखि नै माग गर्दै आइरहेको प्रयोगशाला सहित क्वारेन्टाइन स्थापना गर्नुको साटो मेनुवलमा समेत नहुने गरी भन्सारको सिस्टमबाट हटाइएको छ र टीकापुर उधोग वाण्ज्यि संघ प्रथम उपाध्यक्ष सन्तोष खड्काले आइतवार इलाका प्रशासन कार्यालयका उप–सचिव चिरन्जिवी राना टीकापुर मार्फत् सरकारलाई दुई दिने अल्टिमेटम दि“दै ज्ञापनपत्र बुझाईएको छ ।
२०७५ असार २० गतेको नेपाल सरकार मन्त्री परिषदको निणर्य अनुसार खक्रौलास्थित सत्ती भन्सारलाई मुल भन्सारमा स्तरोन्नति गरिएको थियो ।
छोटी भन्सार कार्यालयबाट मुल भन्सारमा स्तरोन्नति भएस“गै प्रयोगशाला सहित क्वारेन्टाइनको माग गर्दै आए पनि हालसम्म सम्बोधन नहु“दा संघ आन्दोलनमा उत्रिएको हो ।
दुई दिनभित्र भन्सारमा प्रयोगशाला सहित क्वारेन्टाइन स्थापना नगरे भन्सार कार्यालयमा तालाबन्दी गर्ने, टीकापुर बजार बन्द गर्ने जस्ता संघर्षका कार्यक्रम गर्न बाध्य हुने बताएको ज्ञापनपत्रमा जनाएको छ ।
सत्ती भन्सारमा प्रयोगशाला सहित क्वारेन्टान नहु“दा व्यवसायीहरुले दुःख पाइरहेका छन्, धनगढी, नेपालगञ्जबाट भन्सार जानुपर्ने बाध्यता छ । यतिका समय हु“दा समेत क्वारेन्टाइन स्थापना हुन सकेको छैन भने सत्ती भन्सार कार्यालयको राजश्वमा समेत कमी आइरहेको छ ।’ भारतीय कस्टमले भन्सार गरे पनि सत्ती भन्सारले सिस्टमबाटै सत्ती भन्सार हटाएकाले कच्चा पदार्थ चार दिनदेखि भन्सारमै रहेको छन् ।
‘भन्सार कार्यालयमा प्रयोगशाला सहित क्वारेन्टाइन नहु“दा फलफूल, खाद्यान्न, खाद्यजन्य कच्चा पदार्थ आयात गर्ने यस क्षेत्रका व्यवसायीहरुले समस्या झेल्दै आइरहेका छन् ।