काठमाण्डौ । सरकारले लामोदुरीको सार्वजनिक गाडीको भाडा घटाएको छ । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँले मूल्य घटाएलगत्तै आज यातायात व्यवस्था विभागले सार्वजनिक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
घटेको मूल्य आजदेखि नै लागू भएको विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए । विभागले समायोजन गरेको भाडादर अनुसार यात्रुबाहक गाडीमा ३ दशमलव २० प्रतिशतले, पहाडी बाटोमा चल्ने मालबाहक गाडीमा ४ दशमलव १९ प्रतिशतले र तराईको बाटोमा चल्ने मालबाहक गाडीमा ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ । अन्तरप्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुनेगर्दछ।
नयाँ भाडा रेट यस्तो छ ।
काठमाण्डौ/ सरकारले लामोदुरीको सार्वजनिक गाडीको भाडा घटाएको छ । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँले मूल्य घटाएलगत्तै आज यातायात व्यवस्था विभागले सार्वजनिक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।