धनगढी, २ जेठ/कैलालीको अत्तरियामा ट्राफिक प्रहरीले सडक किनारामा रोकिएका सवारी साधनलाई जरिवाना तिराएपछि बिवाद भएको छ । अत्तरियाको पहाड रोडमा रोकिएको एक जीपबाट प्रहरीले १ हजार जरीवाना तिराएपछि बिवाद भएको हो ।
सुपप्र ०४००१ च ००५० नम्बरको जीपलाई प्रहरीले जरिवाना तिराएपछि भएको वादविवादले उग्र रुप लिएको थियो । स्थानीयले अन्य सवारी साधन सडकमा राखिदा कुनै जरिवाना नलिएको तर, सो जीपलाई मात्रै निसाना बनाएको भनेर विरोध जनाएका थिए ।सर्भिस लेनमा रोकिएको उक्त जीपका चालक खाना खान होटलमा पसेका थिए । होटलबाट खाना खाएर आउने बितिकै प्रहरीले जरिवाना तिराएपछि स्थानीयले मुख्य सडक भन्दा भित्र रोक्दा पनि किन जरिवाना तिराएको भनेर बिरोध जनाएका थिए ।
चालक हरिस बोगटीले आफूले जरिवाना तिरेको भएपनि प्रहरीले झरपकट गरेको बताए । उनले आफूले स्थानीयबिच भएको विवादको भिडियो किन बनाएको भनेर प्रहरीले आफ्नो मोबाइल पनि नियन्त्रणमा लिएको बताए ।‘मैले जरिवाना तिरेर पनि भिडियो किन बनाएको भनेर धक्कामुक्का गरे’ उनले भने ‘मैले विरोध पनि गरेन । त्यस क्षेत्रका होटल व्यवसाइले बिरोध जनाएका थिए । मैले भिडियो बनाउँदा मलाइ नै प्रहरीले निसाना बनायो ?’
विवादका बीच प्रहरीले बढी बोलेको भन्दै एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका इन्सपेक्टर बासु देव भट्टले ट्राफिक प्रहरी संग विवाद गरेपछि एक जनालाई नियन्त्रणमा लिएको बताए ।
