धनगढी ३१ बैशाख/सुदूरपश्चिम सरकारले आगामी बजेटका लागि सार्वजनिक रुपमै सुझाव मागेको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालयले सूचना जारी गर्दै आर्थिक बर्ष २०८०र८१ को बजेटका लागि सुझाव मागेको हो।
प्रदेश सरकारको बजेट जनतासँग प्रत्यक्ष नजोडिएको गुनासो बढीरहेका बेला आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आगामी बजेटबारे सबै पक्षसँग सुझावको अपेक्षा गर्दै यस्तो सूचना आह्वान गरिएको बताए। सुझावहरू आगामी २०८० जेठ १० गतेभित्र मन्त्रालयमा वा अनलाइनमार्फत् उपलब्ध गराउने सकिने बताइएको छ।