• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा मलद्धारमा लुकाई छिपाई ‘ब्राउन सुगर’ ल्याउँदै गरेका सशस्त्र प्रहरीका हल्दार पक्राउ

धनगढी, २३ बैशाख/लागुऔषधको चपेटामा पर्दै गएको चर्चा हुने कैलालीमा सुरक्षाकर्मीहरु नै लागुऔषध खैरो हेरोइन तस्करीमा संलग्न रहेको तथ्य बाहिर आएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरले शनिबार भारतीय सीमानाका तिकुनियाँबाट टीकापुरतर्फ आउँदै गरेका सशस्त्र प्रहरी बलमा कार्यरत सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो ।

लागुऔषध खैरो हेरोइनसहित सशस्त्र प्रहरीका हवल्दार प्रेमसिंह सुनारसहित दुई जनालाई इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेको छ ।
यसअघि कैलालीको भजनी नाकाबाट नेपाल प्रहरीका जवान ३२ ग्राम खैरो हेरोइन सहित पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले सशस्त्र प्रहरीका हवल्दार सुनारसहित सागर घिमिरेलाई खक्रौलास्थित नाकाबाट पक्राउ गरेको हो ।

लम्कीचुहा नगरपालिका वडा नं। २ मोतिपुरका ३३ वर्षीय सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा कैलालीमा कार्यरत रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिएका छन् । सशस्त्र प्रहरी बलको आइडी नम्बर ४३७३० रहेका सुनार बैशाख १४ गतेदेखि लागु हुने गरी १५ दिनको विदामा आएका बेला खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

हवल्दार सुनारसँगै मोतिपुरकै २६ वर्षीय सागर घिमिरेले भारतको तिकुनियाँबाट लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको टोलीले पक्राउ गरेको हो । डिएसपी भाटका अनुसार सुनारले ९ शय १० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्धारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी भाटले बताए ।

सीमा क्षेत्रबाट हुने लागुऔषधको तस्करीमा सुरक्षाकर्मीको संलग्नता देखिएपछि स्थानीयबासी चिन्तित बनेका छन् । सुरक्षाकर्मीमाथि सीमा क्षेत्रमा समेत चेकजाँच नहुँदा लागुऔषध सजिलै नेपाल भित्रिने गरेको छ । सामान्यता सुरक्षाकर्मीलाई प्रहरीले समेत चेकजाँच गर्दैनन् । सुरक्षाकर्मीको आडमै लागुऔषध खैरो हेरोइन नेपाल भित्रिनुले चेकजाँचमा कडाई गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

‘मलद्धारमा लुकाई छिपाई ल्याउँदै गरेका सुरक्षाकर्मी नै लागुऔषधमा संलग्न रहेको पाइयो’ डीएसपी भाटले भने ‘लागुऔषध नियन्त्रणका लागि हामी कठोर रुपमा प्रस्तुत भइरहेका छौं, स्थानीयको सहयोग पाए नियन्त्रणमा हुनेछ ।’ पछिल्लो समय इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखका रुपमा आएका डीएसपी भाटले लागुऔषध नियन्त्रणमा सक्रियता देखाएका छन् । गत माघ २५ गते टीकापुर पुगेका भाटले हालसम्म लागुऔषधमा २३ वटा मुद्दा दर्ता गरेका छन् भने ४१ जनालाई पक्राउ गरेका छन् । प्रहरीको सक्रियता बढेसँगै लागुऔषधका कारोवारीहरु पलायन हुने अवस्थामा पुगेको स्थानीय प्रकाश खत्रीले बताए । ‘दैनिक जसो चेकजाँचमा कडाई भइरहेको देख्छौं, प्रहरी समेत निकै सक्रिय भएको पाएका छौं’ खत्रीले भने ‘जसका कारणले डिलरको रुपमा लागुऔषधका कारोवार गर्दै आएकाहरु पलायन हुने अवस्था छ ।’

कैलालीको पूर्वी क्षेत्रमा लागुऔषधका प्रयोगकर्ता बढ्दै गएको चर्चा चलिरहँदा प्रहरीले थप सक्रियता बढाउनु पर्ने, प्रयोगकर्तासँगै डिलरलाई पक्राउ गरी मुद्दा चलाउनु पर्ने आवाज उठ्न थालेको छ ।

शनिबार, बैशाख २३, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.