महेन्द्रनगर १९ बैशाख/कञ्चनपुरमा चिर्पट प्रहार गरी आफ्नै छोराले ७१ वर्षीय बाबुको हत्या गरेका छन् । कञ्चनपुरको पुर्नवास नगरपालिकामा एक युवकले आफ्नै बाबुको हत्या गरेका हुन् ।
जिल्लाको पुनर्वास नगरपालिका-४ कार्कीचोकका ३० वर्षीय गणेश खड्काले आफ्नै बाबु ७१ वर्षीय धन बहादुर खड्काको हत्या गरेका हुन् । छोराले बाबुको हत्या गरेपछि खड्का परिवारमा सन्नटा छाएको छ । बाबुको हत्या गर्ने छोरा प्रहरी फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकास डाँगीले घरायसी विवादका कारण बाबुछोराबीच झगडा हुँदा छोराले बाबुमाथि काठको चिर्पट प्रहार गर्दा बाबु धन बहादुरको मृत्यु भएको जानकारी दिए ।
७१ वर्षीय बाबुको हत्या गरेर भाग्न खोजेका गणेश प्रहरीको नियन्त्रणमा छन् । घटनास्थलमा पुगेर प्रहरीले अहिले मुचुल्का उठाईरहेको छ । कञ्चनपुरमा दुईदिनदेखि लगातार पानी परेकाले घटनाबारे गाउँछिमेकमा समेत खासै होहल्ला भएको छैन । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।