धनगढी १८ बैशाख/कैलालीको धनगढीमा १२ जना जुवाडे पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट १२ जना जुवाडेलाई आइतबार साँझ पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत गरि १२ जनालाई पक्राउ प्रहरीले जनाएको छ । साथै उनीहरूको साथबाट नगद ४७ हजार २ सय रूपैयाँ र ५ थान तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
