धनगढी, १० बैशाख/कैलालीको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी सहायक हवलदार डिउटीका क्रममा सडक दुर्घटनामा मृत्यु भएको छ । बैशाख ७ गते प्रहरी सहायक हवलदार जनकराज धामी कार्यालयबाट डिउटीमा जाने क्रममा धनगढी ३ बोराडाडीको ६ लेन सडक खण्डमा सडक दुर्घटनामा परि घाईते भएको थिए । उनको उपचारको क्रममा मायामेट्रो अस्पतालमा शनिबार राती मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र जोहारीले जानकारी दिए ।
धामी बैशाख ७ गते राजपुर चोकमा जनपद प्रहरी संग संयुक्त चेकिङ डिउटी खटिन सो तर्फ गईरहेका थिए । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाण्डौ दरबन्दी भई हाल कैलाली ट्राफिक कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार जनक राज धामीले चलाएको म १ प ३८७४ नम्बरको मोटसाईकल सडकमा रहेको छाडा चौपायाको ठक्करबाट दुर्घटना भएको थियो । ठक्कर धामीको टाँउको तथा अन्य शरिरमा चोट लागि गम्भिर घाईते भएका थिए । उनको मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।