धनगढी, ९ बैशाख/डोटी जिल्ला तेक्वान्दो संघको अध्यक्षमा अनिलकुमार कठायत निर्वाचित भएका छन् । शनिबार भएको भेलाले कठायतको अध्यक्षता जिल्ला कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्ष उपाध्यक्ष दिपेन्द्र खड्का, सचिब खडकसिह ऐर र कोषाध्यक्ष खगेन्द्र रोकाया चयन भएका छन् । सदस्यमा नबराज बिक, शंकर कठायत र दलबहादुर रावल चयन भएका छन् ।
निवर्तमान् अध्यक्ष रोशन कठायतको अध्यक्षता भएको भेला सुदूरपश्चिम प्रदेस तेक्वान्दो संघका सचिब श्रीराम चौधरी, डोटी जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रकाशबहादुर शाही, एपिएफ तेक्वान्दो कोच मोतिलाल लामा, सुप प्रदेश खेलकुद परिषदका सदस्य चित्र भट्ट, दिपायल राजपुर डोजाङ्गका कोच खड्क सिह लगाएतको कार्यक्रममा सहभागिता रहेको थियो ।
