• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पश्चिम सेती विद्युतिय प्रसारण : वातावरणीय अध्ययन सुरु

डडेलधुरा, ९ वैशाख/पश्चिम सेती चार सय केभी विद्युत् प्रसारण आयोजनाको काम सुरु भएको छ । बझाङ जिल्लाबाट डोटी, डडेलधुरा हुँदै कञ्चनपुरसम्म प्रसारण लाइन निर्माणका लागि काम सुरु भएको हो ।राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले प्रस्तावित आयोजनाका लागि हाल वातावरणीय अध्ययन ९प्रारम्भिक वातावरणीय परीक्षण०को कार्य गर्न दुईवटा कम्पनी खटाएको छ ।

आयोजनाको काम दुई खण्डमा हुन लागेको जानकारी डिभिजन वन कार्यालय डडेलधुरालाई भएको वन अधिकृत रामविचारी ठाकुरले बताए । उनका अनुसार डडेलधुराको नवदुर्गा गाउँपालिका, गन्यापधुरा गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिका भएर प्रसारण लाइन कञ्चनपुर पु(याउने प्रस्तावना गरिएको छ । वन क्षेत्रको अध्ययन गर्न दुईवटा कम्पनीका विज्ञसहितको टोली डडेलधुरा पुगेको उनले बताए ।

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत आयोजनाको काम सुरु गरिएको पत्र प्राप्त भएको जानकारी दिएको छ । अध्ययनका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको सेयर लगानीमा स्थापित सरकारी स्वामित्व र नियन्त्रणमा रहेको सार्वजनिक निकाय एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड र इटेको–आरआईएमसी श्रेष्ठ जेभी कम्पनीले अध्ययन थालेको छ ।

प्रश्चिम सेतीसँगै बझाङ जिल्लामा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण आयोजनाको काम थालिएको अध्ययन गरिरहेको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडका वनविज्ञ कृष्णप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार बझाङको जयपृथ्वी नगरपालिका–१ देखि डोटीको शिखर नगरपालिका–१०, वनलेकसम्म करिब ६० किलोमिटर दूरीको प्रसारण आयोजना एनआईए इन्जिनियरिङले निर्माण गर्नेछ । यो कम्पनीले १४८ टावर निर्माण गर्नेछ । यसको प्रभावित क्षेत्र डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४ रहेको छ । नवदुर्गा गाउँपालिका–४ मा चारवटा टावर पर्नेछ ।

शिखर नगरपालिका–१०, वनलेकदेखि कञ्चनपुरको बेदकोट नगरपालिका–२, छेलासम्म करिब ६५ किलोमिटर दूरीको प्रसारण आयोजना अर्को कम्पनी इटेको–आर आईएमसी श्रेष्ठ जेभीले निर्माण गर्ने गरी अध्ययन थालेको छ । यो कम्पनीले १५७ वटा टावर निर्माण गर्नेछ । यसको प्रभावित क्षेत्र डडेलधुराको गन्यापधुरा, आलिताल गाउँपालिका र परशुराम नगरपालिका रहेको छ ।

कञ्चनपुरको दैजी छेलामा प्रस्तावित न्यु अत्तरिया–दैजी सबस्टेसन ४०० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण तथा सञ्चालन प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर फराकिलो रहनेछ । लाइनको दायाँरबायाँ २३र२३ मिटर रहने वन डिभिजन कार्यालयलाई पठाइएको पत्रमा उल्लेख छ ।

शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.