बझाङ ३० चैत/बझाङको बित्थडचिर गाउँपालिकामा भएको प्रथम कमल बोहरा स्मृति भलिबलको उपाधि ज्वलन्त स्मृति क्लबले जितेको छ । बिहीबार भएको फाइनल खेलमा ज्वलन्त स्मृतिले नवप्रगतिशिल युवा क्लब बित्थडचिर(६ लाई हराउँदै ‘प्रथम कमल बोहरा स्मृति कप-२०७९’ को उपाधि उचालेको हो । उपाधि जितेपछि ज्वलन्तले ३१ हजार १११ रुपैयाँ नगद र ट्रफी हात पारेको आयोजक नेकपा एमाले बित्थडचिर गाउँपालिका कमिटी अध्यक्ष दिपेन्द्र बोहराले जानकारी दिए ।
उपविजेता बनेको नवप्रगतिशिल युवा क्लबले २१ हजार १११ रुपैयाँ नगद र ट्रफी हात पार्यो भने तेस्रो स्थान प्राप्त गरेको दिपज्योती होटल देउलेखले ११ हजार १११ रुपैयाँ नगद प्राप्त गरेको छ । प्रतियोगितामा १६ वटा टिम सहभागी थिए । यस्तै डेउडा प्रतियोगिताको उपाधि चिरासैनी युवा क्लबले जितेको छ । ञस्थानीय कला र संस्कृति, संरक्षण गरौं हटाएर विकृतिझ शीर्षकमा भएको डेउडा प्रतियोगितामाको विजेता चिरासैनीले नगर १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै उपविजेता बनेको सुनकुडा क्याम्पसले १० हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ भने बित्थडचिर गाउँपालिका वडा नम्बर ५ र ७ ले तृतीय स्थान हात पारेर नगद ५र५ हजार प्राप्त गरेका छन । स्वर्गीय कमल बोहराको स्मृति दिवसमा नेकपा एमाले बित्थडचिर गाउँपालिका कमिटीद्वारा आयोजित प्रतियोगिता चैत २८ गतेदेखि सुरु भएको थियो ।
एमालेको चुनाव केन्द्रित आमसभामा सहभागी हुन सदरमुकाम चैनपुर गएका कमल बोहराको गत चैत २८ गते नदीमा डुबेर मृत्यु भएको थियो । एमाले बझाङले आयोजना गरेको आमसभा तथा कार्यकर्ता प्रवेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता थिए ।
