अछाम/अछाममा प्रहरीले ठूलो परिमाणमा अबैध मदिरा नष्ट गरेको छ । जिल्लाको भैरवस्थान प्रहरी चौकीले बरामद गरेको ९ हजार ६ सय १२ लिटर अवैध मदिरा नष्ट गरिएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नमबर ८ बाट कर्णाली प्रदेश ०२–००१ च. ०७४८ नम्बरको जीप चेकजाँचका क्रममा अवैध मदिरा फेला परेको थियो । ओरेन्ज नामक ६८ पेटी मदिरा नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ ।
