धनगढी १६ चैत/कैलाली जिल्ला प्रहरी कार्यालयमा रहेकालाई उचित खानेपानी र शौचलायको व्यवस्थापन गर्नुपर्ने नेपाल विद्यार्थी संघको माग रहेको छ । बिहीबार नेविसंघले जिल्ला प्रहरी कार्यालयमा कैदी बन्दीहरूले विभिन्न समस्या झेल्दै आएको जनाएको छ । उनीहरूलाई स्वच्छ खानेपानी र गुणस्तरीय शौचालय नभएकाले विभिन्न समस्या भोग्नु परेको अध्यक्ष मनिस कुँवरले बताए ।
जिल्ला प्रहरी कार्यालयमा व्यवस्थापन नहुँदा उनीहरूलाई रोग सङ्क्रमण बढ्न सक्ने समस्या देखिएको उनले बताए । कैदी बन्दीहरूलाई स्वच्छ सफा वातावरणमा बस्ने वातावरण मिलाइनु पर्ने नेविसंघका अध्यक्ष कुँवरकाे माग छ ।
नेपाल विद्यार्थी संघले विद्यार्थी र सर्वसाधारणका विविध पक्षमा वकालत गर्दै आएको छ । समाजमा हुने विभिन्न खालका समस्याका विषयमा नेपाल विद्यार्थी संघले काम गर्दै आएको छ ।
यस्तो लेखिएको छ ज्ञापनपत्रमा.
‘नेपालको शैक्षिक, राजनीतिक, आर्थिक, सामाजिक विकृति विसङ्गति, कुरती – कुसङ्गति – अत्याचार भ्रष्ट्राचार विरुद्ध नेपाल विद्यार्थी संघ आफ्नो स्थापना काल देखिनै विद्यार्थी र आम जन सर्वसाधारणका जनजिवीकिका लगायत विविध पक्षमा वकालत एव सङ्घर्ष गर्दै नेपालका सबै खाले आन्दोलनको नेतृत्वदायी भूमिका निभाउँदै आएको जगजाहेर नै छ ।
उपरोक्त विषय सम्बन्धमा कैलाली प्रहरी कार्यालयमा कैदी बन्दीहरूले बस्ने ठाउँमा स्वच्छ खानेपानी एवम् गुणस्तरीय शौचालय नभएकाले विभिन्न समस्या भोग्नु परेको र विभिन्न सरुवा तथा अन्य रोगहरू हुन सक्ने सम्भावना रहेको त्यहाँको कार्यालयमा जानकारी गराउँदछु । उक्त समस्यालाई समयमै न्यूनीकरण गर्नका लागि तपसिल बमोजिमका मागहरू पूरा गरिनु पर्ने र कैदी बन्दीहरूलाई स्वच्छ सफा वातावरणमा बसाइनु पर्ने यसै ज्ञापन पत्र मार्फत अवगत गराउँदछु ।,’
