धनगढी, १० चैत/कैलालीमा बिभिन्न समयमा ट्राफिक निमय उलंघन गरी सवारी साधन चलाउने ४ सय ३५ लाई ट्राफिक निमय सम्बन्धी प्रशिक्षण दिईएको छ । मादक पदार्थ सेवन गरेर चलाउने मात्र नभई लेन अनुशासन नमान्नेलाई पनि ट्राफिक सचेतना कक्षा अनिवार्य गरिएको छ । उपत्यका बाहिर लेन अनुशासनमा सचेतना कक्षा पहिलोपटक सुरु गरिएको हो ।
कैलालीका बिभिन्न क्षेत्रमा सडकको लेन अनुशासन पालना नगर्ने, तिब्र गति र मादक पदार्थ सेवन गरी सवारी साधन चलाई कारवाहीमा परेका उक्त प्रशिक्षण गराईएको कैलाली जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक वीरेन्द्रसिंह जोहारी जानकारी दिए ।
अहिले कैलाली जिल्ला ट्राफिक कार्यालयले ट्राफिक निमय सम्बन्धी जनचेतना मुलक प्रशिक्षण जिल्लाका बिभिन्न बिद्यालय, क्लव र समुहमा दिईरहेको बताईएको छ ।
अहिले ट्राफिक सचेतनामुलक कार्यक्रमलाई चालक वर्गमा विभिन्न माध्यमबाट पुगाउदा दुर्घटना घटेको र चालक स्वयं सचेतभै सवारी चलाउने गरेको देखिएको ट्राफिक प्रहरीले बताएको छ ।
