बझाङ ८ चैत/बझाङको बुङ्गल नगरपालिका मेयर जयबहादुर धामी जन्मदिनको अवसरमा अनाथालयमा रहेका बालबालिका संगलाई मनाएका छन् ।
मेयर धामीले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार बुङ्गल नगरपालिकाको अनाथ बाल गृहमा आश्रय लिएर बसिरहेका बालबालिका संग केक काटेर मनाएका हुन । भने बाल गृहमा रहेका १५ जना बालबालिकालाई आज बेलुकीको भोजन समेत गराएका हुन । समाजसेवाकै शिलशिलामा आफूले जन्मदिनको शुभ अवसरमा अभिभावक नरहेका बालबालिकालाई भोजन गराएको मेयर धामीले बताए । उनले बालगृहका बालबालिकासँगै केक काटेर उनीहरुलाई खुवाउँदै खुसी साटासाट समेत गरे ।
साथै बालबालिकाहरुलाई पढाई तथा संरक्षणको जिम्मा आफुले लिने समेत उनले बताए । बुङ्गल नगरपालिका भित्रका आमाबुबा बिहिन बालबालिका रहेका छन भने बालगृहलाई नगरपालिकाले संरक्षण गरिरहेको छ । यस्तै बालगृहका बालबालिकालाई कन्या माबीले अध्यापन गराइरहेको छ ।