• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

शिवशिखर सहकारीमा ताला लगाएर सञ्चालक फरार

हेटौँडा ७ चैत/मकवानपुरको हेटौंडा–४, पारिजातपथस्थित शिव शिखर बहुद्देश्यीय सहकारीमा ताल्चा लगाएर सञ्चालक फरार भएको झण्डै दुई महिना हुन लागिसकेको छ। लामो समयदेखि सञ्चालकहरु फरार भएपछि बचतकर्ताको करोडौं रुपैयाँ जोखिममा परेको छ।बचत रकम फिर्ता दिन नसकेपछि विगत १ महिना भन्दा लामो समयदेखि बन्द रहेको सकारीको ढोकामा सयौं बचतकर्ताहरुले दिन बिताउने गरेका छन्।

बचत रकम फिर्ता दिने भन्दै लामो समय कुराए पनि सहकारीका कर्मचारी र संचालकहरु सम्पर्कविहीन भएपछि सोमबार हेटौंडाका बचतकर्ताहरुले संघर्ष समिति नै बनाएर विरोध सुरु गरेका छन्।लामो समयसम्म सहकारीको ढोका बन्द भएपछि न्याय माग्नको लागि सडकमा उत्रिएको पीडित बचतकर्ताहरु बताउँछन्। केही समयअघि पनि जिल्ला प्रशासन कार्यालयदेखि हेटौंडा उपमहानगरपालिकासम्म ध्यानाकर्षण गराए पनि सञ्चालकहरु सम्पर्कमा नआएको भन्दै बचतकर्ताहरु आक्रोशित भएका छन्।

सहकारीका अध्यक्षदेखि कर्मचारीसम्मको फोन स्वीचअफ रहेको पीडितहरु गनासो गर्छन्। सहकारीले बचतकर्ताको रकम कहाँ लगानी गरेको छ भनेर जवाफ नदिएको उनीहरूको भनाइ छ। पीडितले लगभग १ महिनाअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पनि न्याय दिलाइदिन आग्रह गरेका थिए। तर हालसम्म पनि सहकारीका सञ्चालकहरुलाई जिल्ला प्रशासन कार्यालयलेसमेत सम्पर्कमा ल्याउन नसकेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे बताउँछन्।

हेटौंडामा पुस २०७७ मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरको शाखा खोलिएको थियो। हेटौंडामा यो सहकारीको १६ औं शाखा हो।शिव शिखरसँग हेटौँडाबासीहरूले बचत रकम फिर्ता मागेको घटना करिब २ महिना अगाडि देखिको हो। सहकारीले करिब २ महिनाअघि नै ढोकामा ताल्चा लगाएको थियो। तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एक महिनाभित्र बचत रकम फिर्ता गर्ने सहमति भएपछि पुनः खोलिएको थियो। तर तोकिएको समयमा बचत फिर्ता दिन नसकेपछि पछिल्लो १ महिनादेखि सहकारी पूर्णरुपले बन्द भएको हो।

मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.