धनगढी, ५ चैत/बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ र २ मा कर्फ्यु लगाएको छ । आईतबार दिउसोँ (स्ववियु) निर्वाचनका क्रममा स्थिति तनावग्रस्त हुदाँ रातिको समयमा थप घटना घट्न सक्ने भन्दै कर्फ्यु लगाएको जिल्ला प्रहरी प्रमुख कबिन्द्रसिहं बोहराले बताएका छन ।
बुढिन्नदा नगरपालिका १ र २ मा आज राति ७ बजे देखि भोली बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुराको बुढिनन्दा क्याम्पसमा आज दिउसो दुई बिध्यार्थि संगठन बिच झडप प्रहरीले २४ राउण्ड हवाई फाएर गरेको थियो । झडपले ठुलो रूप लिन खोज्दा नेपाल प्रहरीले अश्रु ग्यास र २४ राउन्ड हवाई फाएर गरेर भिड नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
हवाई फाईर पछि पुन संचालन भएको मतदान २ घण्टादेखि स्थगित गरिएको छ । नेविसंघ लगायतको गठबन्धनका बिध्यार्थीहरूले खुकुरी देखाउदै निर्वचान भाड्न खोज्दा भिडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर गरेको प्रहरी प्रमुख बोहराले बताए । अहिले सम्म ४ सय १२ मतदाता रहेको बुढिन्नदा क्याम्पसमा २सय ५३ मत खसेको जनाएको छ ।
पुन मतदानका लागि सयुक्त गठबन्धन र अनेरास्ववियु बिच बैठक बसिरहेको क्याम्पसले जनाएको छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को बाजुराको बुढिन्नदा क्याम्पसमा मतदान सुरू भए देखि पटक पटक स्थगित हुँदै सुरू गर्दै आएको र १२ बजेपछि भिड नियन्त्रण गर्न समस्या भएपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरिएको प्रहरीले जनाएको छ । बुढिन्नदा क्याम्पसका ४ सय १२ जना मतदाता रहेका छन । ३ बजेपछि मतदान रोकिएको छ ।