धनगढी ५ चैत/नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशमा पुनः अध्यक्ष बोगटीसहित सम्पूर्ण पदमा सर्वसम्मत निर्विरोध चयन भएका छन् । महासंघको सुदुरपश्चिम प्रदेश अध्यक्षमा शंकर बोगटी लगायत सम्पूर्ण पदमा सर्बसम्मत पुरानै टीम निर्विरोध चयन भएको अध्यक्ष शंकर बोगटीले जानकारी दिए । अध्यक्ष बोगटीको महासंघमा यो तेस्रो कार्यकालका रहेको छ ।
महासंघको प्रदेश अध्यक्षमा शंकर बोगटी, उपाध्यक्षमा मदन राज पन्त, उपाध्यक्षमा कंचनपुरका अनिल कुमार भुजानिया, कोसाध्यक्ष्यमा कैलालीबाट लालमनी पन्त सर्वसम्मत शनिवार चयन भएका छन् । यस्तै सदस्यहरुमा बासुदेब गौतम, डोटी, कृष्ण बहादुर तामांग, पुनर्वास, सन्तोष खड़का, टीकापुर, कृष्ण कुँवर, अछाम, लोकराज भट्ट, नाटा सुदुर पश्चिम, शंकर बहादुर खड़का धनगढीबाट सर्वसम्मत चयन भएका छन् ।
