डोटी १७ फागुन/किसान बहुउद्देश्यीय सहकारी संस्था शाखा कार्यालय सिलगढीले गाउँघरमा किसानहरुलाई सहकारी शिक्षा तथा तरकारी खेती सम्बन्धी जानकारी दिदै आएको छ ।
बहुउद्देश्यीय सहकारीले बुधबार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ देउगडाका किसानहरुलाई सहकारी शिक्षा तथा तरकारी उत्पादन तथा करेसाबारी निमार्ण सम्बन्धी जानकारी दिएको किसान बहुउदेश्यीय सहकारी संस्था शाखा कार्यालय सिलगढीका शाखा प्रमुख अमरराज भण्डारीले बताए ।
उनले भने हाम्रो सहकारीको मुख्य उद्देश्य भनेको प्रत्येक किसानहरुले आ आफ्नो घरघरमा सानो करेसाबारी बनाई आफै उत्पादन गरि स्वच्छ तरकारी खाने हो त्यही अनुरुप सहकारीले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताए ।सहकारीले आयोजना गरेको सहकारी शिक्षा तथा करेसाबारी निमार्ण सम्बन्धी छलफल कार्यक्रममा एक सय भन्दा बढी महिला सदस्यहरुको सहभागिता रहेको थियो ।
सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेश अन्तरगत ३६ वटा शाखा मार्फत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको सहकारीमा ७६ हजार जना शेयर सदस्यहरु रहेको समेत शाखा प्रमुख भण्डारीले बताए
