धनगढी, ११ फागुन/ कैलालीमा हायसले पैदलयात्रीलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका ६ मा बा ५ ख४०३२ को हायसले पैदल यात्रीलाई ठक्कर दिएको हो।
बाके कोहलपुर नगरपालिका २ बस्ने ३९ वर्षीय नविन सिंहले चलाएको उक्त हायसले गौरीगंगा नगरपालिका ६ वर्ष गेरुवा चौधरीलाई ठक्कर दिँदा चौधरीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा अथ अनुसन्धान भइहरहेको र विवरण आउन बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।