जमुना न्युरे
धनगढी, २७ माघ/कैलालीको भजनी नगरपालिका वडा न ९ डोङ्गपुरमा रहेको जनज्योति सोनिया सामुदायिक बनमा अतिक्रमण गरि बनाइएका घरटहरा हट्न सुरु भएका छ्न । कन्द्रा नदिमा भदौको अन्तिम सातामा आएको बाढिका कारण बिस्थापित भएका १ सय ६१ घर परिवार सामुदायिक बनमा घरटहरा बनाइ बसेका थिए । अतिक्रमण गरि बनाएका टहरा हटाउनका लागि गत पौष १६ गते डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालको नेतृत्वमा टोलि गएको थियो ।
डिभिजन बन कार्यलय पहलमानपुर प्रमुख रिजालको नेतृत्वमा बन कर्मचारी , सशस्त्र प्रहरी , नेपाल प्रहरी सयुक्त टोलिले बल प्रयोग गरि अतिक्रमण हटाएको थियो । बल प्रयोग गरि हटाएको २ दिन भित्र पुन सोही स्थानमा घर टहरा निर्माण गरिएका थिए ।
अतिक्रमण गरि बसेकाहरुलाइ पौष २० गते डिभिजन बन कार्यलय पहलमानपुरले अतिक्रमण गरि बनाइएका घरटहरा आफू खुसी ठाउँ खाली नगरेमा घरटहरा बनाउनेका ब्यक्तिको नाममा किटान जहारी सहित कानुनी कारबाही गरिने सुचना दिएको थियो । यसरी कानुनी कारबाहिको लागि डिभिजन बनको पत्राचारले आफुहरुले ती अतिक्रमण गरि बसेकालाइ ठाउँ खाली गरि दिन निरन्तर प्रयास थालेको सब डिभिजन बन कार्यलय पचमुडिया प्रमुख साह्ययक बन अधिकृत नितेश राज भट्टराईले जानकारी दिए ।
राष्ट्रिय बन तथा सामुदायिक बन अतिक्रमण गर्ने लाई बन ऎन २०७६ दफा ५०को ३ कसुर तथा सजाय अनुसारको ५ बर्ष कैद वा एक लाख जरिवाना तथा दुबै सजाय हुने ब्यबस्था रहेको छ ।निरन्तर प्रयास पछि कारबाही हुने डरले अहिले अतिक्रमण गरि बनाइएका टहरा हट्न थालेको बनका अध्यक्ष सुरेश चौधरिले जानकारी दिएका छ्न ।
