• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलाली कञ्चनपुरका राना समुदायको होरी पर्वको चहलपहल सुरु

धनगढी, २४ माघ/रानाथारू समुदायको होरी पर्व सुरु भएको छ। माघ पूर्णिमाका दिन आइतबार राति होलिकाको पूजाअर्चनापछि होरी पर्व सुरु हुन्छ। रानाथारू समुदायका मानिसले एक महिना आठ दिनसम्म होरी पर्व मनाउने गर्छन्।

रानाथारू समुदायसम्बन्धी जानकार नारायण रानाका अनुसार माघ पूर्णिमाको दिन आकाशमा पूर्णिमा देखिएपछि सार्वजनिक स्थानमा होलिकाको प्रतिमा स्थापना गरेर पूजा हुने गरेको छ। गाउँका भर्रा (गुरुवा)ले भलमन्सा, गाउँका युवा, बुद्धिजीवीलगायतको उपस्थितिमा होलिकाको पूजाआजा गर्ने गर्छन्। पूजाआजापछि होरीको गीत गाउँदै केहीबेर होरी खेलिन्छ। त्यसै बेलाबाट जिन्दा होरी सुरु हुने गर्छ।

अब फागु पूर्णिमाको दिन एक महिनासम्म ‘जिन्दा होरी’ खेलिने जनाइएको छ। जिन्दा होरी अवधिभरि रानाथारू समुदायका युवायुवती लगायतले राति मात्रै होरी खेल्ने (होरी नाच देखाउने) पुुनर्वास नगरपालिकाकीकी उपमेयर भुलिया रानाले बताईन् । उनीहरूले होरी गीत गाउँदै तालमा ताल मिलाएर नृत्य गर्ने गर्छन्। साथै, हरेक साँझ होलिकाको पूजाआजा गर्दै त्यसमा पराल, झारपात थुपार्ने जनाइएको छ।

यसरी थुपारिएको झारपातलाई होलिकाका रूपमा दहन गर्ने गरिन्छ। फागु पूर्णिमाको दिन होलिका दहनपछि ‘मरी होरी’ सुरु हुन्छ। मरी होरीको अवधि आठ दिनसम्म रहने गरेको जनाइएको छ। यो अवधिमा आफ्ना आफन्त, नातेदार, मितलाई घरमा बोलाएर भोजभतेर गर्ने चलन रहेको छ। जसलाई ‘हट्कना’ भन्ने गरिएको छ। हट्कनामा भिनाजु, मित, सालासालीलाई घरमा डाकेर मासु, भातसहितका मीठा–मीठा पाकवान खुवाउने चलन रहेको रानाले बताईन् ।

होरीको अन्तिम दिनमा खख्डेहरा फुटाउने गरिन्छ। खख्डेहरा सबैभन्दा महत्वपूर्ण दिन भएकाले सुदूरपश्चिम प्रदेश सरकारले यो दिन सार्वजनिक बिदासमेत दिँदै आएको छ। खख्डेहरापछि औपचारिक रूपमा होरी पर्व समापन हुने गरे पनि अनौपचारिक रूपमा भने चराँई पर्वसम्म होरी खेलिने गरेको छ। उनले भनिन् , “चराँई चैत शुक्ल चतुर्थीका दिन परेको छ र कतै–कतै अनौपचारिक रूपमा यही दिनसम्म होरी खेलिन्छ।” सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा रानाथारू समुदायको बसोबास रहेको छ।

मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.