गणेश मौनी
डोटी, १६ माघ/सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेश चन्दले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रलाई उत्कृष्ठ प्रशिक्षण स्थल बनाउन प्रयासरत रहेको बताएका छन् ।देशका विभिन्न स्थानहरुमा प्रहरीहरुलाई प्रशिक्षण गर्न तालिम केन्द्रहरु रहेका छन् । ति मध्य सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द दिपायल पनि एक प्रशिक्षण स्थल नै हो ।तालिम केन्द्रमा नयाँ प्रबेसी जवानहरुलाई प्रहरी बनाउन आवश्यक ज्ञानसिप र प्रहरी भईसकेकाहरुलाई थप ज्ञान, सिप दिने गरिन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रले पनि सोही अनुरुप प्रशिक्षणको कार्यलाई निरन्तरता दिदै आईरहेको एसएसपी चन्दले बताए ।
उनले भने तालिम केन्द्रको मुख्य काम नै विभिन्न दर्जाका प्रहरीहरुलाई विभिन्न बिधामा प्रशिक्षण गर्ने हो । दिपायल तालिम केन्द्रले प्रहरी बरिष्ठ नायब निरिक्षक र प्रहरी नायब निरिक्षक, जुनियर अफिसर दर्जा र प्रहरी जवान तथा प्रहरी हवल्दार दर्जालाई विभिन्न विषय बस्तुमा तालिम संचालन भईरहेको बताए ।
हाल प्रदेश प्रहरी तालिम केन्द्र अन्तरगत बुडर तालिम केन्द्रमा १ सय जना र दिपायल तालिम केन्द्रमा १ सय ९९ जना गरि २ सय ९९ जनाले आधारभुत प्रहरी तालिम गरिरहेका छन् । त्यस्तै ४९ जना प्रहरी सहायक निरिक्षकले एडभान्स तहको तालिम, ३० जनालाई अपराध अनुसन्धान सम्बन्धी तालिम र प्रहरी जवान तथा प्रहरी हवल्दारहरुलाइ सुरक्षा सम्बन्धी गरि चार समुहमा तालिम संचालन भईरहेको समेत एसएसपी चन्दले बताए ।
सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र सबै श्रोत साधनले पूर्ण हुन सकेको छैन । तालिम केन्द्र संग भएको स्रोत साधनको पूर्ण उपभोग गर्दै तालिमलाई थप प्रभावकारी बनाउन लागिरेहको एसएसपी चन्दले बताए । २०४९ साल देखि प्रहरीलाई तालिम दिन सुरु गरेकोे दिपायल तालिम केन्द्रले आफु संग भएको स्रोत साधनको सदुपयोगमा तालिम संचालन गरिरहेको छ ।
एसएसपी चन्दले भने पछील्लो समयमा क्रमीक रुपमा सुधार भई महिला प्रहरीका लागि करिब ३ सय जना अट्न मिल्ने भवन बनेको छ बिकास क्रमीक रुपमा हुन्छ, भईरहेको छ । तालिमकेन्द्रमा तालिम दिईने जनशक्तिको आधारमा भौतिक पुर्बाधार, खानेपानी र शौचालयको थप ब्यवस्था गर्न सके तालिम अझ थप सहजरुपमा प्रशिक्षण दिन सकीने बताए । संगठनको उद्देश्य परिपुर्ति गर्नको लागि तालिम केन्द्रमा रहेका गुरुवा प्रशिक्षक, मातहतका कर्मचारीहरुले भरपुर प्रयास गरिरहेका र प्रशिक्षण कार्यलाई थप प्रभावकारी बनाईने समेत एसएसपी चन्दले बताए ।