धनगढी २ माघ/भारतको महाराष्ट्रमा कैलालीका एक युवकको हत्या गरिएको छ । महाराष्टको आलिबागमा लम्कीचुहा नगरपालिका( ६ घर भएका १८ वर्षीय कमल बिकको २६ पुसमा हत्या गरिएको हो ।बिकको उनकै साथीहरूले हत्या गरेको भन्दै आमा पार्वतीले न्यायको माग गरेकी छन् ।
लम्की नै घर भएका छोराको सागर बिक, टोपु बिक, मनोज बिक र सन्तोष बादीले हत्या गरेको आरोप लागेको छ । उनीहरूविरुद्ध पार्वतीले माघ १ गते भारतको महाराष्ट्र राईगढको आलिबाग ठाना प्रहरीमा उजुरी दिएकी छन् । हत्यामा संलग्न भनिएका टोपु बिक र मनोज बिक २ जना सहोदर भाई हुन् । छोराको हत्या भएको खबर सुनेपछि उनी २७ पुसमा लम्कीबाट भारत गएकी थिईन् । उनीहरू होटलमा काम गर्दै आएका थिए ।