• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

घोडाघोडीमा लुटपाटका घटना बढेपछि प्रहरी बिट

सुखड २३ पुस/जैविक विविधताले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडी तालमा दैनिकजसो लुटपात, कुटपीटका घटना बढ्दै गएपछि सुरक्षाका लागि प्रहरी बिट स्थापना गरिएको छ । करिब २६ सय हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल वरपर सामुदायिक वन रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित घोडाघोडी तालमा दिनप्रतिदिन घुम्न आउनेको संख्या बढेसँगै सो क्षेत्रमा दिउँसै लुटपातका घटना बढ्न थालेपछि स्थानीयले सुरक्षा व्यवस्थाको मागगर्दै आएका थिए ।

घोडाघोडी ताल क्षेत्रको रेखदेख प्रवेश शुल्क लिने कार्यमा खटिएका स्थानीय पदम ढकालले ताल क्षेत्र अवलोकनका लागि आउने पर्यटकको दिनडहाडै मोबाइल, पैसा लुटपात हुनुका साथै कुटपिटका घटना बढ्दैगएको बताए । उनले पर्यटक नै असुरक्षित बन्न थालेपछि घोडाघोडीमा प्रहरी बिट स्थापना भएको बताउँदै पछिल्लो समय यस्ता घटनामा केही कमी आएको बताए । ।घोडाघोडी हिजोआज लागुपदार्थ दुव्र्यशनको अखडा बन्दैगएको समेत स्थानीयले बताएका छन् । स्थानीय मैना ढकालले लागुपदार्थ सेवन गर्ने र दिनभर ताल वरपर बरालिने यु्वाबाट नै घोडाघोडीमा घुम्न आउनेको मोवाइल गरगहना लुटपात हुनेगरेको बताए ।

विश्व रामसार सूचीमा सूचीकृत भएर सन् २००३ देखि विश्व सिमसार क्षेत्रको रुपमा घोडाघोडी तालको पहिचान हुँदै आए पनि यस क्षेत्रको सुरक्षालगायत संरक्षणको क्षेत्रमा सरकारले खासै चासो दिन नसकेको स्थानीयको गुनासोलाई प्रहरी बिट स्थापनाले थोरै भएपनि राहत दिएको छ ।घोडाघोडीमा ईको टेल रिर्सोट सञ्चालक तथा पर्यटन व्यवसायी डबल शाहले घोडाघोडीमा बढ्दैगएको असुरक्षाका कारण एक पटक घुम्न आएको मानिस अर्को पटक घुम्न आउने बातावरण नबनेको बताए । विगतदेखि नै असुरक्षा बढ्दैगएको भन्दै स्थानीयले घोडाघोडीमा प्रहरी बिटको माग गर्दैआएका थिए ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले घोडाघोडीमा सुरक्षा व्यवस्था खाँचो रहेको बताउँदै प्रहरी बिट स्थापना गरिएको बताए ।उनले भने, ‘म आएपछि यहाँ सबैभन्दा बढी लागु पदार्थका मुद्दा दर्ता भएका छन् । घोडाघोडीमा लुटपात मच्चाउने पनि तिनैमध्ये पर्छन् । वाबु आमा नभएका, निम्नबर्गीय परिवारका भर्खरका केटाहरु बढी यस्ता घटनामा संलग्न छन् ।’ अरुदिन एक जना प्रहरी बिटमा खटिने भए पनि शनिबार र बिदाको दिन पर्यटकको बढी चहल पहल हुने भएकाले समुहमा प्रहरी खटिने गरेको प्रहरी प्रमुख शाहीले बताए ।

शनिबार, पुष २३, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.