महेन्द्रनगर/भारतीय प्रहरीले अवैध लागूऔषध चरेशसहित बनबासाबाट दुई जना नेपाली महिलालाई पक्राउ गरेको छ।बुधबार ४ किलो ३० ग्राम चरेशसहित ती दुई महिला पक्राउ परेका हुन्।
भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–३ की ४३ वर्षीया गोमा घर्तिमगर र दाङ लमही नगरपालिका–३ की ४६ वर्षीया कमला मगर रहेका छन्। चम्पावत प्रहरीले अहिले सीमावर्ती क्षेत्रमा लागूऔषधविरुद्ध विशेष अप्रेसन चलाइरहेको छ।
सोही अभियान अन्तर्गत बनबसा थानाको टोलीले ती दुई महिलालाई पक्राउ गरी एफआइआर दर्ज गरेको चम्पावतका प्रहरी प्रमुख देवेन्द्र पींचाले जानकारी दिएका छन्।