धनगढी २ पुस/भारतमा लागुऔषध चरेशसहित कैलालीका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमा क्षेत्रबाट भारतीय प्रहरीले चरेशसहित कैलालीको घोडाघोडी नगरपालिका १ बस्ने ४१ वर्षीय गंगाधर गौतमलाई पक्राउ गरिएको जनाएको छ ।
उनी भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीको संयुक्त अभियान अन्तर्गत शारदा ब्यारेज नजिकबाट साढे दुई किलो चरेशसहित पक्राउ परेका हुन् । भारतीय प्रहरीले उत्तराखण्डमा लागूऔषधविरुद्ध अभियान नै चलाएको छ । पक्राउ परेका गौतमलाई चरेशसहित चम्पावतस्थित जेल चलान गरेको प्रहरीले जनाएको छ ।