धनगढी २३ मंसिर/धनगढीस्थित निर्सग हस्पीटल एण्ड रिसर्च सेन्टरले फिजियोथेरापी सेवा सुरु गरेको छ । अस्पतालले शुक्रबार एक कार्यक्रमकाबीच हस्पीटलका अध्यक्ष तिर्थराज पन्तले उक्त डिपार्टमेन्टको उद्घाटन गरेका हुन ।
सुदूरपश्चिममै पहिलो पटक अस्पतालहरु मध्ये निर्सगले उक्त सेवा अत्याधुनिक रुपमा सुरु गरेको अध्यक्ष पन्तले बताए । हाडजोर्नी तथा नसा रोगको उपचार, गर्दन दुखेको, ढाडको पुरानो तथा नयाँ दुखाईको उपचार सुरु गरिएको डाक्टर नबिन ढुङगानाले बताए ।
उनका अनुसार अस्पतालमा न्युरोलोजिकल समस्या, बालबालिकामा देखा पर्ने अटिजम, डाउनसिन्डम, मांसपेसीको कमजोरी आदिको पनि उपचार गरीने भएको छ । अस्पतालमा मेडिकल डाइरेक्टर मेराज अलाम अन्सारीका अनुसार यो फिजियोथेरापी सेवा संञ्चालनमा आएपछि सुदूरपश्चिममै हाडजोर्नी सम्बन्धी सम्पूर्ण उपचार संम्भव हुने भएको छ । सो समस्याहरुका कारण अन्यत्र जानु पर्ने बाध्यता हट्ने उनले बताए ।