काठमाडौं मङ्सिर/ १८ ;कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ का खेलहरू हाल जारी छन्। हिजो दुई खेल सम्पन्न भए भने आज दुई खेल हुँदैछन्।
आज पहिलो खेलमा फ्रान्स र पोल्याण्ड भिड्नेछन्। नेपाली समयअनुसार यो खेल राति ८स् ४५ मा रहेको छ। यस्तै राति १२स्४५ मा इङ्ग्ल्याण्ड र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ।
क्वार्टरफाइनलमा स्थान बनाउन चारै वटा टोलीबीच आज रोचक खेल हुने अनुमान गरिएको छ। यी चारमध्ये विजयी दुई टोलीले क्वार्टरफाइनलमा एकअर्काको सामना गर्नेछन्।
क्वार्टरफाइनलको हालसम्म एक खेल तय भएको छ। जसमा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दैछन्।