धनगढी, १५ मंसिर/कैलालीको धनगढीमा ग्रेडरले साइकलमा सवार स्कुले बिद्यार्थीको मृत्यु भएपछि धनगढीमा प्रदर्शन सुरु भएको छ ।
धनगढी ५ पञ्चोदय मा.बि.हसनपुरको कक्षा ८मा अध्यनरत धनगढी ५ तारानगरकी चेतना साउदलाई ग्रेडरले कुल्चिदा बिद्यार्थीको घटना स्थलमा नै मृत्यु भएको थियो ।
धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड पिच काम भैरहेकोले निर्माण कार्यमा रहेको ग्रेडरले बहीबार बिहान डोजरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको थियो ।
अहिले बिद्यार्थीहरुले धनगढीमा बजारमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । बिद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक र धनगढीको मेन सडक पनि अवरुद्ध पारेका छन् । हसनपुर पिपलचौतारा नजिक पानिपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै गरेको ग्रेडरले साईकलमा सवार बिद्यार्थीलाई ठक्कर दिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।