धनगढी, ८ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तामाङको अग्रता कायमै छ।
४६ हजार ५३६ मत गणनामा तामाङले १९ हजार ७४९ मत ल्याएका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले १४ हजार ५३७ मत पाएकी छिन्। उनीहरु बीचको मतान्तर ५ हजार २१२ छ।
