धनगढी, ७ मंसिर । कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । प्रतिनिधिसभा सदस्यको १४,२२३ मत गणना गर्दा माओवादीका भगतबहादुर बडुवालले ४,६९१ मतसहित अग्रता लिएका हुन् ।
यसअघि नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले अग्रता लिएका थिए । चौधरीले ४,५२४ मत पाएका छन् । एमालेका उमेदवार झपटबहादुर रावलले ३,५८६ मत ल्याएका छन् ।१ लाख चार हजार ९०६ मतदाता रहेको यस क्षेत्रमा ६० हजार ६२९ मत खसेको छ ।