अछाम ५ मंसिर । अछाम क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । मंगलसैन स्थित जिल्ला अदालतको भवनमा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै सुरुवाती अग्रता लिएको हो ।
गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति पुष्प बहादुर शाह ले एमालेका उम्मेदवार यज्ञ बहादुर बेगटी लाई १सय ११ मतको अन्तरले अग्रता लिएका छन् ।
ढकारी गाउँपालीका र तुर्माखाँद गाउँपालीका का ११ केन्द्रका ९०० मतगणना गर्दा कांग्रेसले ४ सय ठठ मत लिएको छ । एमाले ३ सय ६६ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले ३ मत प्राप्त गरेको छ भने स्वतन्त्र उम्मेद्वार ले १ मत प्राप्त गरेका छन । मतगणना जारी रहेको छ ।
निर्वाचन क्षेत्र नं १ को मत गणना साँफेबगरमा भर्खरै सुरु भएको जानकारी प्राप्त भएको छ ।
