धनगढी, ५ मंसिर । कैलाली क्षेत्र नम्बर–४ मा सत्ता गठबन्धनका साझा अम्मेदवार वीरबहादुर बलायर १२७ मतसहित अगाडि रहेका छन्।२ सय मत गन्दा वीरबहादुर बलायल १२७ मतसहित अग्र स्थानमा रहेका हुन्। उनलाई नेकपा एमालेमा उम्मेदवार लेखराज भट्ट ६१ मत पाएर पन्छ्याइरहेका छन्। यसैगरी उक्त मत गन्दा ८ मत बदर भएको बताइएको छ।
यो क्षेत्रमा ६४ हजार १५८ मतदाता रहेका छन्। यस्तै नागरिक उन्मुक्ति पार्टीका कइँया चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्दप्रसाद भट्ट, मौलिक जरोकिलो पार्टीका चेतराज साउँद, राष्ट्रिय प्रजातन्त्र पार्टीका जयबहादुर धामी, नेपाल संघीय समाजवादीका भीमबहादुर थापामगर, जनता प्रगतिशिल पार्टीका मोहनदेव मिश्र, नेपाल मजदुर किसान पार्टीबाट सिताराम पण्डित, स्वतन्त्र उम्मेदवार मेखराज जोशी उम्मेदवार रहेका छन्।