बाजुरा,४ मंसिर । बाजुराको त्रिवेणी नगरपालिका–७ नाटेश्वरी मतदान स्थलमा रोकिएको मतदान मध्याह्न १२ बजदेखि पुनः सुरु भएको छ ।
फर्जी मतको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच बिहान करिब पौने ११ बजेतिर झडप भएपछि मतदान रोकिएको थियो ।स्थिति नियन्त्रणमा लिन प्रहरीले एसएलआरबाट दुई राउण्ड ब्याङ्क हवाई फायर गरेको थियो ।