विराटनगर, ३ मंसिर । विराटनगरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार ‘खतरा’ भन्ने लेखेर विराटनगर ३ को पुष्पमार्गमा मबिलको बट्टा राखिएको झोला फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु सेनाको टोलीले आजै निष्क्रिय पारेको जानकारी दिए ।
बट्टाको बाहिरबाट खतरा लेखेर राखिएको बस्तु निस्क्रिय बनाइएको । तर, बम भने नभएको कोइरालले बताए । शंकास्पद रुपमा भेटिएको बस्तु छेउछाउमा जान प्रहरीले केही घण्टा रोक लगाएको थियो ।
