धनगढी, २७ कात्तिक । धनगढीमा लागुऔषधसहित एक युवक समातिएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित कारागार नजिकबाट उनी समातिएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ८ बस्ने २४ वर्षीय आयुष सिंह रहेका छन्।प्रहरीले शनिबार दिउँसो उनलाई १ ग्राम अवैध लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने पदार्थसहित पक्राउ गरेको जनाएको छ।