बझाङ, २१ कात्तिक । मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका स्थानीयको विद्युत बाल्ने आसा निरासामा परिणत हुँदै जान थालेको छ । २०६५ सालमा चार महिना मात्रै विद्युत बाल्न पाएका यहाँका स्थानीय बासिन्दाले अहिले सम्म विद्युत बाल्न पाएका छैनन् ।
गाँउमा विद्युतका पोलहरु र तारहरु अहिले पनि यथावत छन् । उक्त विद्युतका तार र पोलहरु स्थानीयले लुगाकपडा सुकान प्रयोग गरेको १५ वर्ष वित्न लागेको छ । तर अहिले सम्म सरोकार वाला निकायले विद्युत बाल्न तथा जडान गर्न पहल नगरेपछि यहाँका नागरीकहरुको विद्युत बाल्ने आसा निराशामा परिणत हुन थालेको हो ।
गाउँ नजिकै रहेको पालगाड खोला छ । उक्त खोला बाट २०६५ सालमा नेपाल उर्जाको लाखौको लगानीमा २२ किलोवाट क्षमताको भौराणिछडा लघु जलविद्युत योजना निर्माण गरी सञ्चालनमा ल्याएको स्थानीय बासिन्दा बताउछन् ।
विद्युत सञ्चालन भएको केही समय नपुग्दै पालगाड खोलाले कटान गर्दै नहर भत्कायो र ठाउँ ठाउँमा पहिरो गयो । उक्त विद्युत सञ्चालन गर्ने आँट न तत्कालीन कोटदेवल गाविसले गर्यो नत तत्कालीन जिल्ला विकास समितिले नै ।
विद्युत सञ्चालनका लागि पहल कसैले नगरेका कारण भएका विद्युतका औजार तथा उपकरण मेसिनहरु सबैमा खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका स्थानीय तथा समाजसेवी जगदिश बहादुर भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘स्थानीय सरकार आएपछि त विद्युत बाल्न पाइन्छ कि भन्ने आसामा यहाँका नागरिक थियौँ । पटक(पटक स्थानीय सरकारसँग विद्युत पुनस् निर्माण तथा राष्ट्रिय प्रसारण लाइन जोडी दिनका लागि आग्रह गर्दै आयौँ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुले यो गाउँका लागि विद्युत लगायत सिँचाइका कोरा नारा दिएका थिए । हामी सोझा नागरिक पत्यायौँ र मतदान पनि गरेउ ।
पाँच वर्ष बित्यो न सिँचाइको सुबिधा गाउँमा पुग्यो नत विद्युत नै रु२०७९ को स्थानीय तहका निर्वाचित जनप्रतिनिधीहरुले पनि दशै अघि नै विद्युत प्रत्येक टोलमा बाली सक्ने आश्वसन दिए । अहिले सम्म एउटा विद्युतको पोल र तार देखेका छैनौँ । दशै सकी तिहार सक्किएको महिनौ दिन भइसक्यो र अहिले संघ तथा प्रदेशको निर्वाचनको समेत माहोल तातेको छ । आश्वसन नेकपा एमालेमा तत्कालीन निर्वाचित जनप्रतिनिधि, नेकपा माओवादीका जनप्रतिनिधि र नेपाली काँग्रेसका जनप्रतिनिधीहरुले दिएका छन् । अहिले सम्म कामको थालनी गरेका छैनन् । ’