• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विकासका मुद्धामा केन्द्रित प्रदेश सभा सदस्य उम्मेदवार प्रकाश देउवा

धनगढी, १५ कात्तिक । मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवारहरु घर दैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मत पार्नका लागि उम्मेदवारहरु दिन रात नभनेर लागि परेका छन् । कैलाली–५ ‘ख’ मा विशेष गरी लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको नेपाली काँग्रेसका युवा नेता प्रकाश देउवा फरक शैलीमा मतदाताहरुको घर दैलोमा पुगि रहेका छन् । उनले भाषण भन्दा पनि आफु निर्वाचित भईसकेपछि यस क्षेत्रको विकासका लागि गर्ने सक्ने प्रतिबद्धता मतदाता माझ गरिरहेका छन् ।

देउवाले जनताका विकासका लागि राजनीतिमा आवद्ध भएको बताए । देउवा राजनीति भन्दा पनि बढी विकासका मुद्धा लिएर जनताको घर दैलोमा केन्द्रित हुने गरेका छन् । ‘धनगढीको विकासका लागि नै मेरो उम्मेदवारी हो’, उनले भने । ‘राजनीति धेरै भईसक्यो । अव मुलुकले विकास खोजेको छ । विकास नै पहिलो प्राथमिकता हुने छ ।’ उनले आफु कुनैपनि स्वार्थपूर्ति गर्न राजनीतिमा नआएको बताउँदै युवाको नेतृत्व गर्दै विकास समृद्धिमा सक्रिय हुने बताए । भाषण गरेर झुट्टा आश्वासन बाड्नु भन्दा पनि हरेक नागरिकको घर दैलोमा पुगेर समस्याहरु सुन्ने काम भईरहेको उनको भनाई छ । धनगढीको विकासका लागि स्थानीयस्तरबाट मात्र सम्भव नभएको हुँदा प्रदेश र संघीय सरकारबाट पहल गर्ने योजना रहेको उनले सुनाएका छन् । ‘धनगढी सुदूरपश्चिमको एक मुख्य सहर हो । यहाँको विकासका लागि केन्द्रस्तरबाट नै पहल चाल्न पनि त्यतिकै आवश्यक देखिएको छ’, उनले भने । ‘त्यसको लागि मेरो तर्फबाट पूर्ण पहल हुने छ ।’

उम्मेदवारी मनोनयन देखि नै मतदाताहरुको घर दैलोमा विहान देखि साँझ सम्म व्यस्त देउवा भाषण भन्दा पनि विकासमा मुद्धामा बढी फोकस भएको उनीसंगै घर दैलोमा गईरहेका युवा रमेश चन्दले बताए । ‘कैलाली–५ ‘ख’ मा सबै भन्दा बढी डुवान र सडक स्तरोन्नति हुन नसकेको गुनासो धेरैको सुनिन्छ’, चन्दले भने । ‘त्यस्ता समस्याहरु समाधानका लागि निर्वाचन घोषणा पत्र सहित मतदाताहरु भलाकुसारी भईरहेको छ ।’ देउवाले सुरु देखि आफुलाई प्रचारमा फरक शैलीमा प्रस्तुत गरीरहरको उनको भनाई रहेको छ ।

उनले कुनै जात, क्षेत्र भन्दा पनि समग्र धनगढीको विकासका लागि आफ्नो योजनाहरु प्रस्तुत गरीरहेको चन्दले बताए । प्रदेश सभा ‘ख’ का सबै वडामा एक चरणमा पुगि सकेका छन् ।
कैलाली ५ ‘ख’ कांग्रेस नेता प्रकाश देउवासँगै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट धनगढीको मेयरमा पराजित दुर्गा जोशी प्रदेशसभा सदस्यको उम्मेदवार रहेका छन् । अर्को कुरा लोकत्रान्तिक वामको गठबन्धन भएको हुँदा देउवालाई जित्न सहज भएको भन्नेहरु धेरै छन ।
यस्तै, कांग्रेसकै अर्का नेता क्षितिज भण्डारीको समेत उम्मेदवारी रहेको हुँदा देउवालाई जित्न पनि त्यति जहज नभएको भन्नेहरु पनि छन् । यस क्षेत्रको प्रदेशसभा ‘ख’ मा धनगढ उपमहानगरपालिका वडा नम्बर १ देखि ६, ११ र १३ नम्बर वडा रहेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडा नम्बर ११ एमाले, वडा नम्बर ६ माओवादीले जितेका वडा हुन् भने बाँकी ६ वटा वडामा प्यानलसहित कांग्रेसले जितेको हो । स्थानीय तहको निर्वाचन मतलाई आधार मान्ने हो भने देउवाको जित सुनिश्चित देखिन्छ ।

 

मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.