काठमाडौं, १४ कात्तिक । यसवर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४६ हजार ४१३ र मृतकको संख्या ५३ पुगेको हो ।
महाशाखाका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १३ हजार ४४४ जनामा संक्रमण देखिएको छ भने भक्तपुरमा ३ हजार ९६७ र ललितपुरमा ९ हजार २९५ जना संक्रमित भएका छन् ।
७७ वटै जिल्लामा संक्रमण फैलिएको र अक्टोबरका २७ दिनमा १४ हजार २९१ जनामा संक्रमण देखिएको महाशाखाको तथ्यांक छ ।
