धनगढी, ३ कात्तिक । बैतडीमा जिप दुर्घटना हुदा पाच जना जना घाइते भएका छन् । बिहीबार जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सुपप्र ०१ ज १३९७ नम्बरको जिप बिहान ११ बजेतिर दुर्घटना भएको हो।
प्रहरीका अनुसार जिप सडकबाट ८० मिटर तल खसेको छ भने ५ जना घाइते भएका छन्। यस्तै घाइते भएकाहरुलाई गोकुलेश्वर अस्पताल लैजाने काम भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
