काठमाडौं, ३ कात्तिक । बर्दियाको बारबर्दिया नगरपालिका–५, सिटबरैलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । एकजना घाइते छन् ।बारबर्दिया–२, जोगीगाउँका ३२ वर्षीय श्यामकिशोर थारुको मृत्यु भएको जनाइएको छ ।
घाइते भएका सोही मोटरसाइकलमा पछाडि सवार ४५ वर्षीय बालकिसन थारुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।गए राति करिब ९ बजे पदनाहबाट बनघुस्रीतर्फ जाँदै गरेको भे११प ३७६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय बनियाभारले जनाएको छ ।
