• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलाली ४ : प्रदेश राजधानी उम्मेदवारका प्रमुख एजेण्डा

श्रवण देउवा/धनगढी, १ कार्तिक। कैलाली क्षेत्र नम्बर ४ मा उम्मेदबारको प्रमुख एजेण्डा प्रदेश राजधानी गोदाबी बनाउने बनेको छ । कैलाली क्षेत्र नम्बर ४मा काँग्रेस नेतृत्वको संयुक्त गठबन्धनबाट काँग्रेसका बिरबहादुर बलयार छन् भने नेकपा एमालेबाट लेखराज भट्ट उम्मेदबार बनेका छन् ।

दुबैले प्रमुख एजेण्डा अघिल्लो सरकारले तोकेको राजधानी स्थापना गर्ने नै रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले गोदावरीलाई राजधानी तोकेको थियो । अहिले सबै उम्मेदबारले सुदुरपश्चिम प्रदेशको राजधानी बनाउने कुरा अहिले चुनावी फण्डा बनाएको छ ।

प्रदेश सरकार गठन भएको ५ बर्ष पुग्दा पनि नबनेको राजधानी निर्वाचन नजिकिदै गर्दा राजधानीको विषय चुनावी फण्डा बनेको छ । नेकपाको दुइ तिहाईको सरकार हुदा राधानीको स्थान तोकिदा पनि राजधानी स्थापना भएको थिएन । त्यती बेला सुदूरपश्चिम प्रदेश सरकार लेखराज भट्टको ईसारामा नै चल्ने गथ्र्यौ । भट्ट निवार्तमान प्रतिनिधी सभा संसद पनि रही सकेका हुन् ।

प्रदेश सरकार गठन भएको ५ बर्ष पुग्दा पनि नबनेको राजधानी निर्वाचन मुखमा राजधानीको विषय चुनावी फण्डा बनेको छ । प्रदेश सरकारले हालसम्म पनि न राजधानी गोदावरी सार्न सक्यो न त तोकिएको स्थानमा कुनै संरचना नै बनाउन सक्यो । वन क्षेत्रमा राजधानी तोकेकै कारण सुरुदेखि नै प्रदेश सरकार विवादमा रह्यो ।

अहिले प्रमुख दुबै दलबाट उम्मेदबार रहेका बलायर र भट्टको प्रमुख एजेण्डा प्रदेश राजधानी गोदाबरी भएको छ । अहिले प्रतिनिधि सभाका लागि कैलाली क्षेत्रनम्बर ४ बाट नेकपा एमालेका सचिव, पूर्वमन्त्री तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट उम्मेदवार छन् । नेता भट्टले प्रधानमन्त्री लगायत नेपाली काँग्रेसका नेताहरूले प्रदेशको राजधानीलाई पहाड लग्नुपर्छ भन्नु सुदूरपश्चिमका जनताको अपमान भएको बताउदै आएका छन् । एकथरीले भने तिनै भट्ट मन्त्री हुँदा समेत केही गर्न नसकेको भन्दै आलोचित रहदै आएका छन् । अहिले भट्ट जनता सामु एमालेको सरकार आयो भन्दै जनतालाई भूमिको मालिक बनाएर राजधानी निर्माण गर्ने कुरामा मेरो महत्वपूर्ण भूमिका रहने भन्दै जनता माँझ आफ्ना एजेण्डा प्रस्तुत गर्दै भोट माग्न थालेका छन् ।

काँग्रेसका तर्फका उम्मेदबार बिरबहादुर बलयारको निर्वाचन क्षेत्र डोटी रहेको थियो । गठबन्धन गर्दा उनले टिकट नपाएपछि कैलाली झरेका हुन् । डोटीमा रहदा प्रदेशको राजधानी डोटीनै हुनुपर्छ भन्दै निकै कडा रुपमा प्रस्तुत हुने नेपाली कांग्रेसका प्रदेश सभापति वीर बहादुर बलायर अहिले आएर राजधानी गोदाबरी नै हुनुपर्छ भन्दै आएका छन् । त्यसबेला डोटीमा चुनाव लड्दै गर्दा डोटीमै राजधानी बनाउने भन्ने अभियानमा थिए ।

‘चुनावी एजेण्डा मात्रै भए सबैका राजधानी, जति पनि नेता फेरिएपनि सरकारले नागरिकलाई राजधानी बन्छ भनि झुक्याएको छ’ गोदाबरीका स्थानीय उत्तमकुमारी ध्याडीले भने–‘नेताहरुको चनावी नारा नभएर सबैको पायक पर्ने ठाउँ गोदावरी भएकोले राजधानी बनाउन सबै पहल गरौ ।’ छिटो छरितो रुपमा प्रदेश सरकारले राजधानी बनाउनुपर्ने उनको माग छ । सुदूरपश्चिम प्रदेशमा अहिले सम्म राजधानी बन्न नसक्नुमा प्रदेश सरकार दरिलो नहुनु स्थानिय अफिलाल जोशीको गुनासो छ । गोदावरीमै राजधानी हुन सकेमा आम नागरिकलाई एकै ठाउँमा काम र सेवा सुविधा लिन सहज हुने स्थानिय अफिलाल जोशीले बताए ।

चुनावी माहोल तातितै जाँदा फेरि एकपटक प्रदेशको राजधानीको विषयमा फरक – फरक धारणा बनाउँदै मत आफ्नो पक्षमा पार्न उम्मेदवारहरू लागिपरेका छन् ।

मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.