धनगढी, १ कात्तिक । कैलालीमा भन्सार छली नेपाल भित्र्याउदै गरेको ४ लाख बराबरको सामान बरामद गरेको छ । कैलालीको सत्ति भन्सारको केही तल पट्टी कर्णाली नदी र मोहना नदीको ठाउँबाट दिउँसो र रातीको समयमा भारत बाट तस्करले लाखौका सामान नेपाल भित्र्याउने गर्दछन ।
सोही स्थानबाट नेपाल भित्र्याई टीकापुर बजार लिई रहेको अवस्थामा मंगलबार बिहान पौने ३ बजेको समयमा टीकापुर ८ बटनपुर बाट सत्ती भन्सार र शसस्त्र प्रहरी खक्रौलाको संयुक्त गस्ती ठोलीले ४ लाख बराबरको सामान पक्राउ गरेको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले जानकारी दिए ।

तिहारका लागि भन्दै ल्याउदै गरेको ईलेक्ट्रोनिक सामान पक्राउ गरिएको हो । पक्राउ गरिएको सामानमा झालर लाईट , मल्टिप्लग, ईन्भर्टर ब्याट्री गरि १ लाख ३६ हजार र तीन वटा मोटरसाईकल गरि ४ लाख ३६ हजार बराबरको रहेको निमित्त प्रमुख चौधरिले बताए । मंगलबार नै जिरो प्वाइन्ट बाट नेपाल भित्रीन लागेको १० बोरा चिनि सत्ति भन्सारले पक्राउ गरेको छ ।
विओपि खक्रौलाका शसस्त्र प्रहरी निरिक्षक अशोक विष्टलाई सो क्षेत्र बाट रुपैयाँ असुली गरेर तस्करी गराएको भनेर शसस्त्र प्रहरी अत्तरिया बाहिनीले उनलाई अनुसन्धान गरेको शसस्त्र प्रहरी स्रोतले जानकारी दियो । तस्करी गराएको भन्दै बाहिनीको करिब डेढ हप्ता अनुसन्धानमा परेका विष्ट पुनः खक्रौला हाजिर भएका छन् ।
असोज महिनामा स्टिल उद्योगको लागि आवश्यक कच्चापदार्थ बाट राजस्वमा बृदि भएको र अन्य कपडा हाडवेयर्स र ईलेक्ट्रोनिक सामान भने शून्य रहेको सत्ति भन्सारका नायव सुब्बा दिलिप कुँवरले बताए ।
