• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

 कैलालीका दुई बागी उम्मेदवारलाई माओवादी केन्द्रले गर्यो कारबाही

धनगढी, २८ असोज । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले गठबन्धनका साझा उम्मेदवार विरुद्ध उम्मेदवारी दिने कैलालीका २ जनाका लाई कारबाही गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई कारबाही गरेको जनाएको छ ।

कैलाली संघीय निर्वाचन क्षेत्र न.४ प्रदेश सभा (क) बाट प्रदेश सभा सदस्यमा बागी उम्मेदवारी दिएका भोजराज सापकोटा र कैलाली संघीय निर्वाचन क्षेत्र ५ प्रदेश सभा (क)बाट बागी उम्मेदवारी दिएका रमेशकुमार बस्नेतलाई कारबाही गरिएको नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरीद्वारा हस्ताक्षरित विज्ञप्ति उल्लेख गरिएको छ । सापकोटा माओवादी केन्द्रका गौरीगंगा नगर समिति उपाध्यक्ष हुन भने बस्नेत साधारण सदस्य हुन ।

वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारी सहित मुलुक निर्वाचनको प्रकृयामा अगाडी बढीरहेको सन्र्दभमा यस प्रदेशमा उम्मेदवार मनोनयनको दिन वाम लोकतान्त्रिक गठबन्धनको निर्णय विपरीत गठबन्धनका साझा उम्मेदवार विरुद्ध उम्मेदवारी दिई मनोनयन दर्ता फिर्ता समय सीमा भित्र पनि उम्मेदवारी फिर्ता नगरेर पार्टीको नीति, निर्देशन र निर्णय विरुद्ध उम्मेदवारी दिइ पार्टी अनुशासनको गम्भिर उल्लंघन गरेकोले सापकोटा र बस्नेतलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारर्वाही गरिएको विज्ञप्तिमा भनिएको छ ।

सापकोटा र बस्नेतलाई पार्टीले पटकपटक बोलाउन खोज्दा छलफल गर्न खोज्दा,छलफल गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गर्न खोज्दा सम्पर्कमा नै नआएको र पार्टीको निर्देशन नमानेका कारण कारबाही गरिएको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कार्यालय सचिव उद्धव भट्टराईले जानकारी दिए ।

कैलाली क्षेत्र नं.४ प्रदेश सभा (क) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का नेता तथा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी छन् भने कैलाली क्षेत्र नं. ५ प्रदेश सभा (क)मा सत्ता गठन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रमेशसिंह धामी छन् ।

 

शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.