• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गठबन्धनको सरकारले नै प्रदेशको स्थायी राजधानी निर्माण गर्छ  : सभापति बलायर

धनगढी, २५ असोज । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा आसन्न निर्वाचनमा कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधि सभाका उम्मेदवार विर बहादुर बलायरले गठबन्धनको सरकारले प्रदेशको स्थायी राजधानी निर्माण प्रकृया सुरु गर्ने बताएका छन । मंगलबार कांग्रेसको क्षेत्रिय कार्यसमितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले प्रदेशको राजधानी हावामै रहेको र निर्वाचन पछि गठबन्धनको सरकारले स्थायी रुपमा निर्माण गर्ने बताए ।

‘मैले डोटीमा छदा प्रदेश को राजधानी धनगढी डेरामा छ र गोदावरी हावाँमा छ भनेको कुरालाई यहाँ पहाड बनाईदैछ’ उनले भने ‘मैले सही भनेको त छु नी, अहिले प्रदेशको राजधानी धनगढी डेरामा छैन र गोदावरी मा बनाईने भनेको राजधानी खै कता छ, कसैले देख्नुभाछ, हावामै छ नी । अब यो निर्वाचनमा जितेर गठबन्धनको सरकारले प्रदेशको स्थायी राजधानी निर्माण कार्य सुरु गर्छ ।’

उनले स्थायी राजधानी गोदावरीमा भनेको भएपनि अहिले राजधानी धनगढी डेरामै रहेको बताए । धनगढीमा डेरामा रहेको र गोदावरीमा हावामा रहेको राजधानीलाई स्थायी रुपमा बनाउनको लागी पनि बनाउने मानिसको आवश्यकता परेको बताउदै उनले त्यसका लागी गठबन्धन सरकार अग्रसर रहेको बताए ।

‘स्थायी रुपमा राजधानी यही भएको छ, तर अहिलेसम्म यहाँ नदेखिएपछि राजधानी हावामा छ भन्नुको औचित्य छैन’ उनले भने ‘तर अब यो चुनाव पछि गठबन्धन सफल हुन्छ, यही गठबन्धनको नेतृत्वमा सरकार बन्छ र त्यो सरकारले ६ महिनाभित्र सम्भावित ठाउँमा राजधानी निर्माण गर्छ ।’ उनले गठबन्धनको सरकारले चुनाव जिते सम्भव भएको ठाउँबाट राजधानीको मास्टरप्लान सुरु हुने र ६ महिनाभित्रै देखी राजधानीको झलक देखाउन काम सुरु गरिने बताए ।

‘हामी बनाउन आएका हौ, बनाउछौ । हिजोका दिनमा बनाउन नसकेका मानिसहरु अहिले फुर्ति गर्दैछन’ उनले भने ‘एउटा कल्भर्ट बनाउन नसक्ने व्यक्तिले हामीसँग फुर्ति नदेखाए हुन्छ ।’ उनले आफुलाई कसैले भेट्न आउन नपर्ने पनि बताएका छन । ‘म फरक प्रकृतिको मान्छे हु, मलाई कसैले भेट्न आउनुपर्दैन, काठमाण्डौमा छँदा पनि विद्यार्थी साथीभाईहरुलाई म आफै भेट्न जान्थे’ उनले भने ‘मेरो अनुहार हेर्नेका लागी सयौँ रुपैया टिकट काटेर किन आउनुप¥यो, जहाँ समस्या छ, जसलाई भेट्ने मन छ, म स्वयम् त्यही जान्छु ।’

उनले चुनावमा सिद्धान्तका प्रतिष्पर्धा हुने भएकाले सिद्धान्तमा हारेको मान्छेले प्रतिष्पर्धा गर्न नसक्ने बताए । ‘जो हिजो माओवादी भनेर जंगल गएको थियो, खासमा हेर्ने हो भने खान नपुगेर, लाउन नपुगेर गएको भए हुने थियो नी’ उनले भने ‘तर सबैभन्दा बढी खान पुगेको लाउन पुगेको मानिस, बढी खान खोजेर, जनतालाई ठगेर गएका हुन । सिद्धान्तमा हारेर गएका हुन, सिद्धान्छमा हारेको मानिसले सिद्धान्तप्रेमी मानिससँग प्रतिष्पर्धा गरेर हुन्छ र ’

उनले आफु सिद्धान्तमा अडिग रहेको र कांग्रेसको सिद्धान्त अनुसार नै अगाडी बढ्ने बताए । उनले कांग्रेसले कुनै पनि गरिब नागरिकको शोषण गर्न नजानेको बताए । उनले गरिब मानिसको आर्थिक उन्नती, समृद्धि र उसको जिवनस्तर उठाउने कार्यमा आफु अग्रसर हुने बताए ।

‘कसैलाई ठगेर, नागरिकको दमन, शोषण गरेर आफु माथी उठ्ने बाटोमा म जादैन’ उनले भने ‘राज्यप्रणालीमा बस्दा खेरी पनि जनताका लागी भएको कुनै पनि रकम दुरुपयोग गरेर खादिन, त्यसो गर्नुभन्दा बरु पिपलको रुपमा झुन्डिएर मर्छु ।’

उनले आगामी दिनमा आफुले जनताका ठगहरुलाई भने नछोड्ने बताए । उनले आफु जनताको नोकर भएकाले जनताका अधिकार छिन्नेहरुलाई नछोड्ने बताए । ‘जनता मालिक हुन । मालिक खुसी भए हाम्रो नोकरी चल्छ’ उनले भने ‘नोकर हु भनेर बिहान बेलुका २ मानाको खाएर सुत्ने मानिसलाई जनताले अवश्य पनि डण्डा हानेर भगाउने छन ।’

उनले आफुलाई टुरिष्ट भन्ने मानिसले हल्ला फिजाँएको बताए । ‘मलाई टुरिष्टको बिल्ला भिडाउदैछन । हो म आएहुँला डोटीबाट । गठबन्धनको सिलसिलामा आए’ उनले भने ‘तर हिजोका दिनमा त यही माटोबाट जेल गएको छु नी । यही माटोमा संगठन बनाएको छु नी । जिल्लाका नेता भन्ने प्रदेशका नेता भन्ने अनि चुनाव लड्दा टुरिष्ट कसरी हुन्छ ’

उनले निर्वाचनमा कांग्रेसले खुट्टामात्रै टेकिदियो भने कुनै ताकतले यो गठबन्धनलाई हराउन नसक्ने बताए । उनले संविधान बचाउनका लागी, मुलुकको राज्य प्रणाली र शासन प्रणाली जोगाउनका लागी पनी गठबन्धन आवश्यक रहेको बताए ।

मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.