धनगढी, २४ असोज/पुर्व खेलाडी बिश्वास बोगटीले प्रथम उद्धब श्रीमाल स्मृतिकप खेलकुद प्रतियोगिताका लागि खेलकुद सामाग्री उपलब्ध गराएका छन् ।
गोदाबरी ८ हरैया निवासी हाल नेपाल प्रहरीमा कार्यरत बोगटीले गोदावरी ८ शान्ति टोलमा भैरहेको प्रथम उद्धब श्रीमाल स्मृतिकप खेलकुद प्रतियोगिताका लागि ५३ हजार रकम बराबरको सामाग्री उपलब्ध गराएको सैपाल युवा क्ल्वका सदस्य डबल बोहराले जानकारी दिए ।
पुर्व राष्ट्रिय खेलाडी तथा गोदाबरी ८ स्याउलेको शिव शक्ति बुदोकैदो कराते डो पुर्वप्रशिक्षक समेत रहेका बोगटी बिभिन्न खेलकुद कार्यक्रममा सहयोग गर्दै आएका छन् ।
